यो तिहारमा भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा

रुपन्देही  । भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ । समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ ।

१४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।

१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार परेको पाञ्चाङ्ग निर्णायक समितिले बताएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation