अन्तर-सहकारी सुभकामना तथा चियापन कार्यक्रम सम्पन्न

रुपन्देही
बुटवल-६ हस्पिटललाईनमा रहेको ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले मंगलबार बुटवलको एसियन होटलमा अन्तर- सहकारी सुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सुभदिपावली, छठपर्व एवं नेपाल संबतको अवसर पारेर नजिकका सहकारीहरुका बिच आपसि छलफल र अनुभव साटासाट गर्ने उद्देश्यले ऊक्त कार्यक्रम आयोजना गरेको संस्थाका सचिव विनोद खनालले बताए । कार्यक्रममा वर्तमान समयमा सहकारीहरुले झेलेका समस्या संभावना र चुनौतिहरुका बारेमा परिचर्चा गरिएको थियो । समाजमा छरिएर रहेको स-सानो पूंजीलाई एकीकृत गरी सदस्यहरुका बित्तीय आवश्यकता परिपुर्ति गर्ने उद्धेश्यले संचालित सहकारीहरुमा पछिल्लो समय केही चुनौतिहरु देखिएपछी सचेत अभियान्ताहरु सकृय भएका हुन। अन्तर सहकारी संबाद मार्फत साझा समस्या र चुनौतीहरुलाई समाधान गर्दै वित्तीय क्षेत्रमा सहकारीको योगदानलाई थप मजबुतगर्ने हेतुले यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाका निवर्तमान अध्यक्ष तुलसीराम शर्माले बताए ।
संस्थाका अध्यक्ष मानबहादुर कुँवरको अध्यक्षता सचिव विनोद खनालको संचालन एवं लेखा सुपरिवेक्षण समिति संयोजक पशुपति पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको उद्धेश्य बारे उपाध्यक्ष ईन्जिनियर छबिन्द्र भट्टराईले प्रकाश पारेका थिए ।
कार्यक्रममा रुपन्देही बचत संघका अध्यक्ष बसन्त ढकाल, सामुदायिक आश्था बहुउद्देश्यीय सहकारीका अध्यक्ष खेमप्रसाद लुईंटेल, जागरुक साकोसका अध्यक्ष हिमलाल भट्टराई, उपकार साकोसका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिर्सिरे साकोसका अध्यक्ष रामकृष्ण शर्मा, धनवर्षा साकोसका अध्यक्ष राधाकृष्ण देउला, लालटिन बहुउद्देश्यीय सहाकातीका प्रमुख कार्यकारी अधिकृत लोकनाथ गिरीले लगायतले सुभकामना मन्तब्य राख्दै समुदायको बित्तीय पहुँचमा सहकारी क्षेत्रको महत्वपुर्ण योगदान रहेपनि राज्य र नियमक निकायहरुको उदासिनता र केही गलत मनोवृत्तिका ब्यक्तिहरुका कारण सहकारीमा समस्या देखीए पनि बुटवलको स्थानीय तहमा संचालित सहकारी सुरक्षित रहेको चर्चा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation