रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल

चैत्र २४ गतेदेखी हुने काठमाडौं केन्द्रीत संघीयता बिरोधि आन्दोलनमा सहभागी हुन चित्र बहादुर केसीको आव्हान

गणतन्त्र, राष्ट्रियता ,र धर्म निरपेक्षताको रक्षा गरौं

संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा शुभ दिपावली ,नेपाल सम्बत,र छठको अवासरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफुहरुले आउदो चैत्र २४ गते देखि काठमाडौं केन्द्रित प्रदेश खारेजिका विरुद्ध आन्दोलन गर्न थालेकोले सबैलाई साथ दिन आग्रह गर्नुभयो अध्यक्ष केसीले देशमा गणतन्त्रका विरुद्ध भित्री र बाह्य शक्ति लागेकोले सबै दलहरू एकजुट भयर यसको रक्षा गर्नुपर्ने बताउनुभयो ।केसिले देशमा ब्याप्त भ्रष्टाचार बढेकोले जनतमा गणतन्त्र प्रती निरासा देखियको बताउदै सत्तामा बस्नेहरु सचिनुपर्ने बताउनुभयो ।केसिले संघीयता नेपालको हितमा न भयकोले आफुहरुले त्यसका विरुद्ध निणायक आन्दोलन गर्न थालेको बताउनुभयो।

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डले आफू जनप्रतिनिधि भएपनी सबै संघ संस्था संग सुझाब लिएर अगाडि बढ्ने बताउदै हामी सबैले राजनीति ईमानदार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसि बाट सिक्नुपर्ने बताउजुभयो। मेयर पाण्डले आफ्ना कमिकमजोरी भए सुझाव दिन आग्रह गर्नु भयो।

 

त्यसै गरि शुभकामना आदन प्रदान कार्यक्रममा बिभिन राजनीति पाटिहरुका नेता प्रतिनिधिहरु संघ संस्थाका प्रतिनिधिहरु पत्रकारहरुको उपस्थिति रहेको थियो कार्यक्रममा

उधोग संघ रुपन्देहीका पुर्ब अध्यक्ष गणेश अधिकारी ,रुपन्देही व्यापार संघका प्रकाश ढकाल,उधोग बाणि ज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल,बुटवल ओडा न आठका वडावअध्यक्ष यज्ञ पंगेनी, वडा नं छका अध्यक्ष लोकनाथ न्यौपाने ,नेकपा एकीकृत समाजबादिका कार्यबाहक अध्यक्ष श्री राम यादब, नेकपाका केन्द्रिय सदस्य सरद ओलि ,नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसि , नेकपा एमालेका जिल्ला उपसचिव बाबुराम पन्थी ।नेपाली कांग्रेसका क्षेत्रिय सभापति प्रजापाल गिरि,क्रान्तिकारी कम्युनिष्ट पाटिका पिबिएम प्रेम सुवेदी, नेकपा मसालका जिल्ला प्रबक्ता लाल चन्द पन्त ,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार बद्रे आलम ,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

शुभकामना आदान प्रदान कार्यक्रम राष्ट्रिय जनमोर्चाको प्रदेश कार्यलय बुटवलको चादबारिमा सम्पन्न भएको थियो कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टान बहादुर केसीले गर्नुभएको थियो भने संचालन जिल्ला सदस्य गंगा सापकोटा र स्वागत भासण जिल्ला सचीव कृष्ण प्रसाद पोख्रेलले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation