राष्ट्रिय जनमाेर्चा निसीखाेला गाउँ समितिले दिपावलीकाे अवसरमा १५ गते देखि सञ्चालन गरेकाे देउसी भैलाे आज २०८१ मंसिर २४ गते जुग्जाखाेलामा एक समारोह बिच समापन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, विशिष्ट अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा निसीखाेलाका सल्लाहकार प्रगति बुढाले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य बेदिलाल सापकोटा, जिल्ला उपाध्यक्ष खिमबिक्रम शाही, जिल्ला सचिव भिमलाल पाेखरेल, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल लगायत जिल्ला तथा पालिका स्तरीय नेताहरुकाे आतित्थ्यता रहेको थियोे । कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले जनबादी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रम राष्ट्रिय जनमाेर्चा निसीखाेलाका अध्यक्ष थमन घर्ती काे अध्यक्षता, सचिव लाल बहादुर सिंजाली र सबराज छन्त्यालकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।











