सिटि एक्सप्रेसको साधरण सभाको विस्तारीत बैठक बुटवलमा सम्पन्न

बुटवल , सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. को १५ औ वार्षिक साधरण सभाको विस्तारीत मञ्चको बैठक सेवा केन्द्र बुटवलमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य ज्ञान बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक रविलाल भुषालले सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था राम्रो र अब्बल रहेको बताए । संस्थाका देशभर मुख्य कार्यालय सहित ७ वटा सेवा केन्द्र रहेका छन । संस्था बलियो रहेको समेत उनले बताए । संस्थालाई अझ बलियो बनाउनका लागि नियमित बचत गर्नु पर्ने बताउदै संस्थामा नियमित बचत गर्दा प्रतिफल पनि राम्रो पाईने समेत उनले बताए । कार्यक्रममा अञ्जना ग्रुपका अध्यक्ष महेश पन्थिले संस्थालाई बलियो बनाउदै अझै धेरै शाखा थप्दै जानु पर्ने बताए । सिटि एक्सप्रेस मनि ट्रान्सफरका टेक बहादुर टन्डनले सिटि एक्सप्रेस राम्रो भएकोले सिटिमा सबैजना जोडिएर काम गर्न समेत अनुरोध गरे । संस्थालाई नेपालकै अब्बल संस्था बनाउनका लागि सबैजना सदस्य एक जुट भएर लाग्नु पर्ने उनले बताए । संस्थाका सेयर सदस्य नारायण प्रसाद पन्थिले संस्थालाई बलियो बनाउन सबैजना लाग्नु पर्ने बताए । सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक अशोक टन्डनले संस्था सन्चालक समितिको मात्र न भएर सस्था सेयर सदस्य सबैको भएकाले सबैजना लाग्नु पर्ने बताए । सस्था सबै समुदाय सङ्ग जोडिएर काम गर्ने उद्देस्यले सबैतिर सन्जाल जोडिएको समेत उनले बताए । संस्थामा जाने संस्थाको बारेमा बुझ्ने गर्यो भने संस्था बलियो बनेर जाने समेत उनले बताए । संस्थाले लगानी का गरेको छ कसरी लगानि गरेको छ भन्ने सबैले बुझ्नु पर्ने समेत उनले बताए । कार्यक्रममा संस्थाका बुटवल सेबा केन्द्रका कर्मचारी सुर्य बहादुर कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation