दलित समुदायका ड्राइभर भएका कारण घरमा पस्न समस्या भएको भन्दै प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्षले ड्राइभरलाई हटाउन दबाब दिएको भन्दै दलित संज्ञाल झिमरुकले बिरोध जनायको छ।
पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले पालिकाले उनलाई दिएको भाडाको गाडी चलाउने ड्राइभर रेशम सुनार दलित समुदायको भएका कारण समस्या भएको भन्दै उनलाई हटाएर आफ्नो समुदायको राख्न खोजेको भन्दै दलित संजाल झिमरुकले बिरोध गरेको हो। संजालका अध्यक्ष बिनोद बिकले वक्तव्य निकाले र बिरोध जनायकाछन।
‘पीडितबाटै निवेदन आएकोले ‘जनप्रनिधिबाटै यस्तो आउनु निकै निकृष्ट व्यवहार रहेको बिकले वक्तव्यमा उल्लेख गरेकाछन।











