
एजेन्सी । जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ ।
सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो ।
अन्डाकार र बबल प्रविधियुक्त यो यन्त्रले त्यतिबेला मान्छेको ध्यान निकै खिचेको थियो । यही मेशिन हेर्न कम्पनीको बुथमा मान्छेको ओइरो लागेको थियो ।
यहि भिडमा थिए चार कक्षामा पढ्ने यासुआकी आयोयामा । अहिले यिनै आयोयामा साइन्स कम्पनीका अध्यक्ष बनेका छन् । उनको कम्पनीले बाथटब र शावरहेड बनाउने गरेको छ ।
यही वर्ष आयोयामाले मान्छे धुने अत्याधुनिक मेशिन लञ्च गर्ने तयारी गरिरहेका छन् । सन् १९७० को एक्सपोको ‘लेगासी’ को रुपमा आफूहरूले नयाँ मेशिन ल्याउन लागेको हालै पत्रकारहरू समक्ष बोल्ने क्रममा आयोयामाले भनेका थिए ।
मेशिनको अपडेटेड मोडल सन् २०२५ को अप्रिलमा हुने ओसाका कान्साई एक्सपोमा प्रदर्शनमा राखिने पनि उनले बताएका छन् । सन् १९७० को ह्यूमन वाशिङ मेशिनमा प्रयोगकर्तालाई सफा पारिदिन ठुलो एयर बबल निकाल्न र उनीहरूको मसाजका लागि प्लास्टिक बल निकाल्न अल्ट्रासाउन्डको प्रयोग गरिएको थियो ।
अहिले कम्पनीले बनाउन लागेको मेशिनमा भने साना, माइक्रोस्कोपिक एयर बबल प्रयोग गरिएको छ । यसमा सही तापमान कायम राख्नका लागि प्रयोगकर्ताको नाडीको चाल र अन्य डेटा मापन गर्न विशेष सेन्सर जडान गरिएको छ ।
यसमा भएको एआई सिस्टमले प्रयोगकर्ता शान्त छ वा आत्तिएको वा रोमाञ्चित छ भन्ने निर्धारण गर्न सक्ने बताइएको छ । कम्पनीले बनाएको ह्युमन वाशिङ मेशिनले कसरी काम गर्छ भनेर हेर्न बाँकी नै छ ।
आगामी वर्षको ओसाका एक्सपोमा प्रदर्शनको समयमा यो मेशिनबाट हजार जनासम्मलाई नुहाउन दिइने आशा कम्पनीले गरेको आयोयामाले भनेका छन् ।
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।