
प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” आज मङ्सिर १५ गते शनिबार विमोचन हुन लागेकोमा उपस्थितिका लागि राष्ट्रिय जनमोर्चाले अनुरोध गरेको छ ।
महासचिज मनोज भट्टले २०८१ मङ्सिर १४ गते शुक्रबार सूचना जारी गर्दै सो अनुरोध गरिएको हो ।
मङ्सिर १५ गते आज शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा दिउँसो १ बजेदेखि विमोचन कार्यक्रम आयोजना गरिएको सो सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ :
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास “कामरेड जलजला” को विभिन्न राजनीतिक दलका नेता, प्राज्ञिक व्यक्तित्व तथा देशका मूर्धन्य साहित्यकारहरूको उपस्थितिमा निम्न मिति, समय र स्थानमा विमोचन हुने भएकाले यहाँको गरिमायम उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।