काठमाडौं १६ को वडाध्यक्ष (रास्वपा)ले जित्यो

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ।

पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो।

रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे। एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भए।

२०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए।

काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ। यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका थिए। उनी अहिले रास्वपाको निर्वाचन संयोजन समितिका संयोजक पनि हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation