
लुम्बिनी प्रदेश सरकारको विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले विधायिकाको अधिकार र मर्यादाको रक्षा गर्न विशेषाधिकार समितिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।
बुटवलमा आयोजित विशेषाधिकार समितिले अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले उक्त कुरा बताउनुभयको हो ।
कार्यक्रममा विधायिका सदस्यहरूको अधिकार, मर्यादा, स्वतन्त्रता, र प्रभावकारिताका विभिन्न बुंदामा छलफल भएको थियो।
कार्यक्रममा सहभागीहरूले विधायिकाको प्रभावकारिता बढाउन अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण र ती अभ्यासलाई स्थानीय सन्दर्भमा अनुकूल बनाउने विषयमा समेत ध्यान केन्द्रित गरेका थिए ।
विधायिका सम्बन्धी विवाद समाधानका लागि छिटो निर्णय गर्ने प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिइएको थियो। ।
त्यसै गरि कार्यक्रममा संविधानविद खीमलाल देवकोटाले प्रदेश सभा सदस्यहरुलाई आफ्नो विशेष अधिकारलाई सदनमा भरपूर उपयोग गर्न सुझाब दिनुभएको छ । देबकोटाले लुम्बिनी प्रदेश यसरी छलफल गर्ने पहिलो विशेषाधिकार समिती रहेको भन्दै सभापति गिरधारिलाल न्यौपानेलाई धन्यवाद समेत दिनुभएको थियो।
वरिष्ठ अधिवक्ता समेत रहबुभएका देवकोटाले प्रदेश सभामा बोलेका कुरा अदालतमा मुद्धा नलाग्ने, गोपनियता कायम रहने र सुरक्षाको व्यवस्था हुने भएकाले प्रदेश सभा सदस्यले नागरिकको पक्षमा बोल्न र नागरिक सवाल उठाउन विशेष अधिकारको उपयोग गर्न उहाले सुझाब दिनुभयो । युएनडिपीको सहकार्यमा लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिले बुधबार बुटवलमा आयोजना गरेको संसदको विशेषाधिकार संवैधानिक तथा कानुनी व्यवस्था र प्रचलित अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो।
विशेषाधिकार समितिको अन्तरकृयात्मक कार्यक्रमले आगामी क्रियाकलापबारे निष्कर्ष समेत निकालेको छ ।