दमयन्ता देबी अधिकारीको सम्मानमा स्रद्धान्जली सभा सम्पन्न

 

शंकर प्रसाद पोख्रेल, दाङ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीकी जिबन संगीन दमयन्ता देबी अधिकारीको सम्मानमा स्रद्धान्जली सभा सम्पन्न भएको छ । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो।पार्टीका नेता, कार्यकर्ता र सुभचिन्तकहरुको ब्यापक उपस्थिति रहेको श्रद्धाञ्जली सभामा राजमोका कार्यकारी अध्यक्ष रेस्मिराज नेपालीले दमयन्ता देबि अधिकारिको बारेमा स्पष्ट पार्नुभएको थियो।

रस्मिराज नेपाली र दमयन्ता देबी अधिकारीको परिबारले नेपालको लोकतान्त्रिक तथा बामपंथी आन्दोलनमा पुर्याएको योगदानको चर्चा समेत राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र केसि र मोहन बिक्रम सिंहले गर्नुभएकोथियो। २०२१ साल देखी नै दमयन्ता देबी अधिकारीले पार्टी र महिला आन्दोलनमा खेलेको भुमिकाको स्मरण गरिएको थियो । पन्चायती निरंकुस ब्यबस्थाको समयमा राजनिती गर्न कति धेरै नै कठिनाई ब्योहोर्नु परेको थियो भन्ने बारे रस्मिराज नेपाली जानकारीले आफै जानकारी गराउनु भयको थियो।श्रद्धाञ्जली सभामा राजमो उपाध्यक्ष दुर्गा पौडेल ,नेकपा मसालका लुम्बिनी प्रदेश प्रबक्ता तिलक जिसी,राजमो सल्लाहकार सुरेस थापा, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन,बामपंथी किसान नेता भैरब रेग्मी , मृतकका ,आफन्तहरु ,भाइ र भान्जाले समेत शोक मन्तव्य राख्नुभएको थियो।
श्रद्धाञ्जली सभाको अध्यक्षता राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्य गर्नुभएको थियो भने ,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य सुक्र भण्डारीको संचालनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation