
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही सङ्घीयता खारेजीका लागि आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा जुटेको छ ।
राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १८ गते सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
पुस २० गते बिहीबार जारी प्रेसवक्तव्यमा मङ्सिर र पुस महिनामा स्थानीय स्थतरका बैठक तथा भेला सम्पन्न गर्ने तथा पुस २१ गतेदेखि फागुन १० गतेसम्म जिल्लाव्यापी सदस्यता अभियान चलाइने उल्लेख छ ।
त्यस्तै, पुस २० गते जिल्लास्तरीय प्रशिक्षण तथा माघ ५ गते “सङ्घीयता र लोकप्रियतावाद : यसका असरहरू” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
एवम् प्रकारले आन्दोलनको प्रचारका लागि पत्रकार सम्मेलन, पर्चा वितरण, भित्तेलेखन गरिने भएको छ ।
त्यसैगरी, भैरहवा, बुटवल, कञ्चन, सैनामैना, तिलोत्तमा, देवदह, शुद्दोदनलगायतका पालिकामा विरोधसभा गर्ने, बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्याली गर्ने, सो क्रममा व्यापारी, बुद्धिजीवीसँग भेटघाट, घरदैलो कार्यक्रम सम्पन्न गरिने पनि उल्लेख छ ।
प्रेसवक्तव्यमा आन्दोलनको तयारीको क्रममा आर्थिक सङ्कलन गर्ने पनि उल्लेख छ ।