
शंकर प्रसाद पोख्रेल ,/ बोम बहादुर थापा
गुल्मीको मदाने गाउंपालिका पुर्कोट दहमा दोस्रो जनप्रीय पुर्कोट दह कृषि पर्यटन ब्यापार सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ।
मेलाको उद्घाटन मंसिर १७ गते मदाने गाउंपालिकाका अध्यक्ष महेन्द्र कुंवरले गर्नुभएको थियो।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको आकर्षण रहेको छ।
मेला उद्घाटन भएको छैटौं दिनसम्म पनि महोत्सवमा उत्साह छाएको छ।
महोत्सवमा भलिबल खेलकुदको आयोजना गरिएको छ। उक्त भोलिबल खेलमा एम्पायरको भुमिकामा दामोदर केसिले गर्ने ।कल्वका सचीव रमेस बिकले जानकारी दिनुभएको छ।
भलिबलको प्रथम पुरुस्कारको रासि ४०,१११ रहेको छ।
महोत्सव यहि मैनाको २६ गतेसम्म चल्ने आयोजकले बताएकाछन।