राजमो द्वारा राम बहादुर केसीको संझनमा श्रद्धाञ्जली सभा सम्पन्न

आज मंसिर २४ गते झिमरुक गाउँपालिका २ बादिकोट निवासी राष्ट्रिय जनमोर्चाका सकृय सदस्य राम बहादुर के सि को स्मृतिमा शोक सभा सम्पन्न भएको छ। राजमो वडा कमिटीका उपाध्यक्ष रुमलाल गिरिको अध्यक्षता र निर्वाचित वडा सदस्य शेर बहादुर खड्काको संचालन मा शुरु भएको शोक सभामा प्रमुख अतिथि राजमो लुम्बिनी प्रदेशका सल्लाहकार बासुदेव पोख्रेल ले पार्टीको तर्फबाट परिवारका सदस्य हरुलाइ राम बहादुर  केसी को श्रद्धाञ्जली फोटो हस्तान्तरण गर्दै शोक मन्तव्य राख्नुभएको थियो।

राम बहादुर  केसी प्रति एक मिनेट मौनधारण गरि शुरु गरिएको उक्त सभामा झिमरुक ३ का वडा अध्यक्ष तथा राजमो नेता मीन बहादुर केसीले  राम बहादुर केसी को जिबनी र योगदान बारे प्रकाश पार्नु भएको थियो।

उक्त सभामा किसान नेता वीर बहादुर जिसि ले पनि शोक मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रम मा मृतक केसी का परिवार , आफन्तजन , छिमेकी र राष्ट्रिय जनमोर्चाका स्थानीय नेता तथा कार्यकर्ता हरुको बाक्लो उपस्थिति रहेकोे थियो।  राम बहादुर केसी को गत मंगलबार ५५ बर्षको उमेरमा असामयिक निधन भएको थियो। उहाँको परिवारमा श्रीमति रेसमा खत्री , छोरिहरु कस्तुरा के सि,मधु केसी ,सरिता केसी र जालपा केसी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation