
शंकर प्रसाद पोख्रेल, तिलोत्तमा ,रुपन्देही ।
नेकपा( माओबादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले माओबादिलाइ २०६४ सालको अवस्थामा फर्काउने दावी गर्नुभएको छ। रुपन्देहीको तिलोत्तमामा पार्टी प्रवेश ,तथा सैद्धान्तिक राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभयको हो।
देशमा आदिवासी जनजाति ,दलित ,महिला ,मुस्लिम मधेसीहरुको हकहितमा बोल्ने पाटी माओबादी रहेको बताउदै धेरै कुरामा अधिकार स्थापित गराउन आफु सफल भएको दाबी गर्नुभएको थियो। कांग्रेस, एमाले गठबन्धनले भ्रष्टाचारिहरुलाइ संरक्षण गरेको ,देश र जनताको हितमा काम नगरेकोले यो अपबित्र गठबन्धनको पक्षमा जनताहरु आक्रोशित भएकोले सार्वजनिक स्थलमा कांग्रेस एमाले गठबन्धनका नेता विरुद्ध कालो झण्डा धेरै देखिन थालेको बताउनुभयो।
अध्यक्ष प्रचण्डले ८४ सालको चुनावमा माओबादी एक्लै लड्ने र परिणाम ल्याउने गरि लाग्न नेता कार्यकर्ता हरुलाइ निर्देशन दिनुभएको थियो।
प्रचण्डले उमेरले आफू ७१ बर्षको भएपनी जोस र जागर २५ बर्षको युबाजस्तै रहेकोले बांकी जिबनपनी क्रान्ति र देश र जताको लागि समर्पित गर्ने कुरा बताउनुभयोको थियो।
नेकपा माओबादी केन्द्र र जनमुक्ति पाटिका अग्रगामी बिचार समूह बिच समाहित तथा बृहत राजनीतिक प्रशिक्षण कार्यक्रम रुपन्देहीको तिलोत्तमा सम्पन्न भएको थियो कार्यक्रममा जनमुक्तिपाटिका महासचिव राम बहादुर परियारको नेतृत्वमा तिलोत्तमा नगरपालिका लगायत रुपन्देही जिल्ला भरबाट अन्य पाटिका नेता कार्यकर्ता सयौंको संख्यामा माओबादी केन्द्रमा प्रवेश गरेका थिय।नब प्रबेसिहरुलाइ प्रचण्डले अबिर र खादा लगायर स्वागत गर्नुभएको थियो।
नेकपा माओबादिका नेताहरू तिलक परियार,चन्द्र प्रसाद खनाल बलदेबले आ आफ्ना मन्तव्य राखेका थिय ।
अध्यक्षता जिल्ला संयोजक निर्मल जिसी , स्वागत सोनिया यादब,संचालन जिल्ला सचिबले गर्नुभएको थियोे ।