
नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् ।
बरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भए ।
त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासङ्घको महासचिवमा निर्वाचित भएका हुन् ।
विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत गरेका थिए ।
खुल्ला सचिवमा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा,सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेसीमा अशोक कुमार तिवारी, सचिव दलितमा प्रकाश धौलाकोटी र सचिव एसोसियटमा वैकुण्ठराज पराजुली विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी विजयी भए ।केन्द्रिय समितिको मत परिणम यस प्रकार छ।