रूद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाउ

गुल्मीको वामीटक्सार स्थित रूद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटा प्रकाउ परेका छन।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उक्त क्याम्पसमा अध्ययन गर्ने एक छात्राले क्याम्पस प्रमुख बाट आफु लाई पटक पटक यौन दुर्ब्यबहार गरिएकोमा सहन नसकी जिप्रकामा जाहेरी दिएअनुसार जिप्रका गुल्मीले निज क्याम्पस प्रमुख लाई पक्राऊ गरिएको हो।
क्याम्पस प्रमुख को यस गलत कार्यको बिरोध गर्दै क्याम्पस प्रमुखको निलम्बन तथा पिडित बिद्यार्थीको न्यायको पक्षमा ऐक्यबध्दता स्वरूप आज बिद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन।स्वबियु सभापति अनिश पाठकका अनुसार पिडित छात्रा बिद्यार्थी लाई आफुहरूले न्याय दिलाऊनका लागि कुनै कसर बॅाकी नराखिने पर्तिबदध्ता समेत ब्यक्त गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation