
राम प्रसाद पौडेल ,विश्व नेपाली संवाददाता
अर्घाखाँची जिल्ला सन्धिखर्क स्थायी घर भएका बुवा स्मृति शेष नर बहादुर परियार का ४३ वर्षिय याम बहादुर परियार करिब १०दिन पहिले रोजगारी का लागि हैदराबादको कोकापेट भन्ने ठाउँमा रहेको एक होटेलमा काममा लागेका रहेछन,दिनान्क १५ डिसेम्बर २०२४ का दिन साझ सोही काम गर्ने होटेलमा होटेल मालिक सङ सामान्य झै झगडा भएको तत् पश्चात् होटेल मालिक ले निजको ( यामबहादुर परियारको) नाताले साला पर्ने कृष्ण परियार,जसले नोकरी लगाइदिएका थिय ,लाई उनी बस्ने गरेको होस्टेलमा पुगि तेरा मान्छेले लफडा गरेको छ तुरुन्तै लिएर आइज भनेर भनेछ।
उनी जादा निज यामबहादुर परियार लाई रसिले बाधेर स्थानीय हरुले कुटिराखेका रहेछन अनि उनले छुटाएर अटोमा राखी आफू बस्ने होस्टेल मा लगेर गएछन र स्थानिय हरुले यसरी किन कुटेका हुन?भनेर सोधपुछ गरेछन,अनि हस्पिटल जाउन भनेछ तर उनले म ठिकै छु अहिले सुतौ भोलि जाऔंला भनेर सुतेछन,तर बिहान करिब ५ बजेतिर ( 16 Dec 2024.) ब्युझिर हेर्दा उनलाई मृत अबस्थामा देखेपछी कृष्ण परियार ले आफुले हैदराबादमा कसैलाई नचिनेको, कसैसङ परिचय नभएको ले निजामाबाद मा रहने मृतक का दाजु र भाइ अनि आफ्नै साला हरुलाइ जानाकारी गराएछन।जानकारी प्राप्त भएपनी के गर्ने ?कसरी गर्ने ?समाधान का लागि कस्तो प्रक्रिया अपनाउने भन्ने जस्ता प्रश्नको उत्तर नपाई अलमलमा परेको अबस्थामा निजामबाद नगर समितिका अध्यक्ष पुरन टण्डन ले त्यसको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज,मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल लाई जानाकारी गराएपछि आबस्यक सर सल्लाह र छलफल गरि क्षेत्रीय समितिका कोशाध्यक्ष घनश्याम शर्मा र सह सचिब शंकर नेपाली तुरुन्तै घटनास्थलतर्फ लाग्नुभएको थियो।त्यहाँ पुगि सबै अवस्था र परिबेसको जायजा लिएर केसलाइ कानुनी प्रक्रियामा अघि बढाउनका लागि निकै सङ्हर्स गर्नुपरेको थियो।अन्ततः कानुनी प्रक्रिया पूरा गरि लाशलाइ पोस्ट्मार्टम गरि ओस्मानिय हस्पिटल लगिएको छ भने मृत्यु को कारण के हो?भन्ने कुराको पत्ता लगाउनको लागि पुलिस प्रशासन सङ मूल प्रवाहले माग गरेको छ।