नमस्कार ग्रुप बुटवलद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

 

बुटवल । नमस्कार ग्रुप बुटवल-१३ बेलवासकाे आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

ग्रुपका वरिष्ठ सदस्य ज्ञानप्रसाद खनाल तथा रामप्रसाद खनाल, बिशाल खनाल, शुशिला खनाल (धिताल)का मातापिता स्वर्गीय गाेरी खनाल र स्वर्गीय तिलकराम खनालको पाँचौं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।

श्रद्धाञ्जली सभामा ग्रुपका सक्रिय सदस्य गाेविन्द खनाल र टेकराज भुसालले शोक मन्तव्य राख्दै स्वर्गीय खनाल दम्पतीकाे निधनले संस्थालाई अतुलनीय क्षति पुगेको बताउदै सबैकाे जाेडिलाई सँगै जिउने अवसर मिले पनि सँगै माेर्ने अवसर जाे कसैलाई नमिल्ने र खनाल दम्पतीलाई मात्रै यस्तो अवसर प्राप्त भएको बताउनुभयो।

कार्यक्रममा ग्रुपका सक्रिय सदस्य बाबु भुसाल, हिमाल खनाल, महेन्द्र भुसाल, पुस्पा भुसाल, राधा सुवेदी, प्रकृति गाैतम, प्रतिक गाैतम, रेनुका भण्डारी लगायत शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो।

स्वर्गीय खनाल दम्पतीकाे मंसिर २८ गते राति उपचारका  लागि नयाँगाउदेखि बुटवल अस्पताल जाने क्रममा तिनाउ पुलमा गाडि दुर्घटना हुदा निधन भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation