बुटवल, पुस ३ गते । रुपन्देहीको बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला शुरु भएको छ । विगतका वर्षहरु जस्तै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले औद्योगिक व्यापार मेला सञ्चालन गरेको हो ।

पुस ३ गतेदेखि १८ गतेसम्म चल्ने व्यापार मेलाको बुधबार नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काल उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले सरकारले परिणाम देखिने गरी काम गर्ने आश्वासन दिएका छन् ।
सरकार नीजि क्षेत्रसंग सहकार्य र एकता गरेर काम गर्न चाहेको उल्लेख गर्दै हामी सबै मिलेर मुलुक बनाउने हो, सरकारका साथमा छ भन्दै उनले भने तपाईहरु निरास नभई ढुक्क भएर काम गर्नुस ।

नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुकोलगानी सुरक्षाका लागि सरकार तचयार रहेको बताउंदै ढुक्क भएर उद्योग तथा कलकारखानामा लगानी बढाउन मन्त्री खड्काले आग्रह गरेका छन् ।

उद्योगी व्यवसायीको लगानी सुरक्षका लागि कानुनी जटिलता हटाएर लगानीमैत्री बतावरण बनाउने गरी सरकारले काम गर्ने दाबी गरे । राजनीतिक अस्थिरता भयो अब देशमा केही हुन्न भन्ने हल्लाको पछिनलाग्न आग्रह गर्दै समस्याको समाधान गर्न दुई मुख्य पार्टीको सरकार बनेको मन्त्री खड्काको भनाइ छ ।
उर्जामन्त्री खड्काले यो सरकार बनेपछि दश वर्ष भित्रमा २८ हजार मेघावाट विद्युत उत्पादन गर्ने र१६ हजार मेघावाट निर्यात गर्ने योजना सरकारले अगाडी बढाएको बताउंदै सरकार बनेपछि बंगलादेशमा विद्युत निर्यातका काम शुरु भएको दाबी गर्दै मन्त्री आफैले सरकारको प्रसंसा गरे ।

ल्ुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लगानीको हिसाबले लुम्विनी प्रदेश सम्भावित प्रदेश भएको बताउंदै लुम्बिनी प्रदेशको विकास अन्य प्रदेशको भन्दा राम्रो भएको दाबी गरे ।
उनले उद्योगी व्यवसायीका लागि लगानीमैत्री बातावरण बनाउन लुम्बिनी प्रदेश सरकार संघीय र स्थानीय सरकारहरुसंग सहकार्य गर्न तयार रहेको र सहकार्य गर्दै आएको बताए ।
प्रदेश मन्त्री कार्कीले नीजि क्षेत्रको लगानमिा हुने यस्तामेला महोत्सवहरुले मुलुको आर्थिक चलायमान हुने र अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले उद्योगी व्यवायीका समस्या समाधान गर्नका लागि बुटवल उपमहानगरपालिका निरन्तर रुपमा लागि परेको बताए । उनले उद्योगी व्यवसायीका समस्या साझा समस्या भएको उल्लेख गर्दै स्थानीय सरकारले समाधान गर्न सक्ने समस्या समाधान गरेर अघि बढ्ने आश्वासन दिए ।

औद्योगिक व्यापार मेला आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मूलसमितिका संयोजक हरिप्रसाद अर्यालले नीजि क्षेत्रबाट हुने व्यापार मेलाहरुले अर्थतन्त्र चलायमान हुने बताए ।
उनले बैंकको तरलताका कारण नीजि क्षेत्र कममजोर भएको बताउंदै ७,८ प्रतिशतको बैंकको व्याजदर १५, १६ प्रतिशत तिर्दा उद्योगी व्यवसायीले ठूलो मार खानु परेको बताउंदै यसतफर्फ तिनै तहका सरकारलाई गम्भीर हुन आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघका संरक्षकत्वमा मेला सञ्चालन भएको हो ।
लगानी लुम्बिनीमा सम्वृद्दि देशमा भन्ने मूल नाराका साथ बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) सञ्चालन भएको यो मेला २४ औं हो ।

मेला आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक हरिप्रसाद अर्यालको अध्यक्षता र महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो