
नारायण जिसी
प्युठान झिमरुक गाउंपालिका वडा न पाच स्थित नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखाकाे आयोजनामा नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखाका पदाधिकारी र झिमरुक गाउँपालिका भित्र बिद्यालयका शिक्षक नायक बीच रेडक्रस अभियान विषयमा अन्तरक्रिया तथा एक दिवसीय अभिमुखीकरण कार्यक्रम आज श्री बाल शिक्षा माध्यमिक विद्यालय
मच्छीकाे सभाहलमा सप्पन्न भएको छ।
प्रमुख अतिथि झिमरुक ५ का वडाध्यक्ष दधिराम पाेखरेलले व्यानर पढेर उद्घघाटन गरेकाे कार्यक्रममा उपशाखा सदस्य पितम खड्काले स्वागत भाषण, काेषाध्क्ष जानका पंन्थीकाे संचालनमा अघि वढेको थियो।
उक्त कार्यक्रममा १ मिनेट शान्ति धारण पछि ड्युनाकाे फाेटाेमा माल्यार्पण पछि परिचयात्मक कार्यक्रम साथै नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा सदस्य द्वय खडक बहादु के .सी. र शिव बहादुर एम .सी.ले र उपशाखा सचिव रामचन्द्र भण्डारीले एक दिवसीय अभिमुखीकरणकाे सहजिकरण गर्नु भएको थियोे ।प्रमुख अतिथि दधिराम पाेखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उपशाखाले प्रत्येक वर्ष नेपाल रेडक्रस रेडक्रस गतिविधि संचालन गर्दै आएको छ।