प्यालेस्टाइनमा  इजरायल  द्वारा भइरहेको नरसंहार विरुद्ध रुपन्देहीमा हस्ताक्षर सुरु

 

शंकर प्रसाद पोख्रेल

रुपन्देही । इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहारको विरुद्ध रुपन्देहीमा दस स्थानहरु बाट हस्ताक्षर अभियान सुरु गरिएको छ।

विभिन्न वामपन्थी पार्टीको उपस्थितिमा बुटवलको पुस्पलाल पार्क, अस्पताल लाइनबाट हस्ताक्षर अभियान सुरु गरिएको छ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसि,नेकपाका केन्द्रिय नेता सरद ओलि, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टान बहादुर केसि ,माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाल, क्रान्तिकारी माओबादिका प्रतिनिधि ,नेकपा  एकीकृत समजाबादिका प्रतिनिधि ,बैज्ञानिक समाजवादी पाटी   लगायतका प्रतिनिधिहरुको उपस्तिथिमा हस्ताक्षर अभियान सुरु गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation