अनेरास्ववियु(छैठौं) केन्द्रिय कमिटिको पुर्ण बैठक त्रिभुवन बिश्वबिधालय किर्तिपुरमा सुरु

अनेरास्ववियु(छैठौं) केन्द्रिय कमिटिको २३ औं राष्ट्रिय सम्मेलन पछिको दोश्रो पुर्ण बैठक त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरमा सुरु भएको छ।

युनियनका केन्द्रिय अध्यक्ष सुवास जि सि को अध्यक्षता र महासचिव पुरन पोख्रेलको संचालनमा सुरु भएको बैठकमा केन्द्रिय सल्लाहकार देवेन्द्र कुँवर , राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार बामपंथी नेता आनन्द शर्माको विशेष उपस्थिति रहेको छ्। बैठकमा देशभरबाट अनेरास्ववियु(छैठौं) केन्द्रिय स्तरका विद्यार्थी  नेताहरूको उपस्थिति रहेको छ।

दुई दिन सम्म चल्ने बैठकमा विभिन्न एजेन्डामा बृहत छलफल हुनेछ। देशको विद्यार्थी आन्दोलन ,युवा विद्यार्थी पलायन , आसन्न स्ववियु निर्वाचन , संघीयता विरुद्ध आन्दोलन र बिश्वबिधालय पदाधिकारी नियुक्ति लगाएत विभिन्न महत्त्वपूर्ण विषयमा निर्णय हुने युनियनका महासचिव पुरन पोख्रेलले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation