
खिमराज चालिसे
चंडिगढ
२२ डिसेम्वर २०२४
भारतको चंडिगढमा आज आइतवार २२ डिसेम्वर २०२४ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर सास्कृतिक विभागको आयोजनामा सास्कृतिक प्रतियोगिता भव्यरुपमा सम्पन्न भएको छ।
मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले पानसमा बत्ती बालेर उद्घघाटन गर्नु भएको उक्त कार्यक्रममा खनालले सम्वोधन गर्दै सास्कृतिक प्रतियोगिता बारे “प्रगतिशिल सँस्कृतीले समाजमा अगाडि बढन प्रेरित गरिरहेको हुन्छ भने वुर्जुआ सँस्कृतीले समाजमा पछाडि धकेल्ने गर्दछ” भन्नु भयो । वहाले संघियताको देशमा आवश्यकता न भएको तर्क दिदै संघियता विरुद्ध काठमाण्डौं केन्द्रीत आन्दोलनमा सहभागी हुन समेत आग्रह गर्नु भयो।
कार्यक्रममा मूल सचिवालय सदस्य धनवीर पुन, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्का, रक्तिम साँस्कृतिक अभियान मूल प्रवाह केन्द्रीय सदस्य मिना बुढाथोकी, मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौडेल, र नर बहादुर ओली, मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य धनराज गोर्खाली, मूल प्रवाह केन्द्रीय सल्लाहकार, जितमान थापा, महिला केन्द्रीय विभागकी शुष्मा खड्का, जनजाति केन्द्रीय विभागका विल बहादुर गुरुङ, साँस्कृतीक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय अध्यक्ष माधव पोखरेल लगाएतको आथित्यता रहेको थियो।
९ बटा टिमले भाग लिएको प्रतियोगितामा प्रमुख निरिक्षक मिना बुढाथोकी र धनबीर पुनमगर रहनु भएको थियोे ।
कडा प्रतिष्पर्धा रहेको प्रतियोगितामा प्रथम जालन्धर, द्धितीय लुधियाना र तृतीय हिसार नगर समिति रहेको थियो। त्यसैगरि सान्तवना पुरस्कार चंडिगढलाई दिईएको थियो।
कार्यक्रम क्षेत्रिय सचिव कुल बहादुर बगालेको अध्यक्षतामा तथा सदस्य खिमराज चालिसेको संचालनमा सम्पन्न भएको हो भने स्वागत क्षेत्रिय सहसचिब तारा सोमरे र क्षेत्रिय सास्कृतिक टिमले गरेको थियो ।