रुपन्देहीको बुटवलमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरे

रुपन्देहीको बुटवलमा श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएकाछन    बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने करिब २६ वर्षिय सागर बिकले अन्दाजी २१ /२२ वर्षिया अन्जना बिकको ज्यान लिएको प्रहरीले बतायको छ।

आज दिउँसो  २ बजेको  समयमा घरमै बसिरहेका सागरले अन्जनालाई टाउकोमा सिलौटाले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी बिजय पण्डितले  बतायका छन।

श्रीमतीको हत्या गर्ने सागरलाइ प्रहरीले  नियन्त्रणमा लिइसकिएको र शवलाई पोष्टमाटम गर्नको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ।

श्रीमती हत्या गर्ने सागरले अत्यधिक  मादक पदार्थ सेबन गरेर हत्या गरेको  बुझिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation