राजमोको प्रदेश खारेजीको राजधानी केन्द्रित आन्दोलनको लागि बागलुङको जैमिनीमा सभा

प्रकाश छन्त्याल  ,बागलुङ
राष्ट्रिय जनमोर्चाको संघियता बिरोधी देश व्यापी आन्दोलन कार्यक्रम सफल पार्ने अभियान अनुसार राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनी नगरपालिकाको कुश्मिसेरामा बुधबार आमसभा सम्पन्न गरेको छ ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका १० वटै वडाहरु, छिमेकी पालिका बागलुङ नगर पालिका, बरेङ गाउँपालिका, गुल्मिको काली गण्डकी गाउँपालिकाबाट आम नागरिकहरुको भव्य उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गदैं राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष पौडेलले जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियता लागि संघीयता घातक रहेको निष्कर्ष निकालेको बताएका छन् ।


उनले नेपाल जस्तो ऋणी मुलुकमा कुनै पनि दृष्टिकोणले संघीयता उपयुक्त नभएको बताएका छन् । संघीयताका कारण मुलुकमाथि अनावश्यक आर्थिक बोझ थपिएको, कथित संघीयता सुदृढीकरणको नाममा विदेशी दातृसंस्थाको सहयोग लिनु पर्ने बाध्यतामा मुलुकलाई पुर्‍याइएकोले संघीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरुपलाई खारेज गरिनु पने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस र एमाले बीचको सत्ता समीकरणको मुख्य आधार सात बुँदे समझादारीलाई बताइएको पनि बताए । उनले सात बुँदे समझदारीले संविधानको संशोधनमा जोड दिएको, २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै संविधानका नकारात्मक पक्ष संघीयता लगायतका प्रावधान वा संघीयताको मुख्य पक्ष प्रदेशको शासकीय संरचनालाई संविधान संशोधनद्वारा खारेज गरिनु पर्ने, ‘हिमाल र पहाडबाट छुट्याएर तराईका केही जिल्लालाई मात्र मिलाएर बनाइएका प्रदेश खारेज गरिनु पर्ने र ती प्रदेश अन्तर्गतका जिल्लाहरूलाई हिमाल र पहाडसँग जोडिनु पर्ने समेत बताएका छन् ।

उनले र्मिट्यान्सले धानिएको नेपाल जस्तो मुलुकमा जबरजस्ती संघीयता लाडेर द्शका युवायुवतीहरुलाई वैदेशिक रोजगारको बहानामा बिक्री गरेको बताएका छन् । शैक्षिक क्षेत्र मै हस्तक्षेप गर्दै बिदेशिने युवा समुहलाई शिक्षण दिईने गरेको पनि उनले बताए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्क्ष लक्ष्मी बासकोटा, राष्ट्रिय जनमोर्चाको बागलुङका जिल्ला अध्यक्ष तिलक थापा, जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी नगर पालिका अध्यक्ष दिल बहादुर श्रीसको अध्यक्षता, राष्ट्रिय जनमोर्चा नगरपालिका सचीव ठाकुर प्रसाद शर्माको स्वागत र राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सचीव भिमलाल पा्ख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation