विनोद खनाल, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बिहिबार बुटवलमा एक कार्यक्रका बिच माओको १३२ औं जन्म दिवस मनाएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य बसन्त सीले माओबाट सबै विश्वभरका कम्युनिस्टहरुले शिक्षा लिनुपर्ने बताएका छन ।
अहिले पनि माओको विचारलाई आत्मसात गरेर हिड्न आवश्यक रहेको बताउँदै उनले सबै कम्युनिस्टहरुले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कतिपय कम्युनिस्ट पार्टीहरुले माओको विचारलाई आत्मसात गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेपाली बिशेषता अनुसारको आर्थिक, सामाजिक, साँस्कृतिक लगाएत समग्र रुपान्तरणको प्रक्रियामा अगाडि बढ्नु नै वास्तविक रुपमा माओप्रति संमान हुने उनको भनाई थियो ।
अहिलेको समस्या दलाल पुंजिबादले हल गर्न नसक्ने भन्दै नेता बसन्तले नेपाली बिशेषताको समाजबाद ल्याउने अभियानमा जुट्न सबैलाई अपिल गरे ।
पार्टीका केन्द्रीय सदस्य शरद सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा रुपन्देहीका सल्लाहकार ज्योतिलाल सी , जया सी लगाएतले विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदानको बारे चर्चा गरेका थिए । कार्यक्रम नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीको संचालनमा सम्पन्न भएको थियोे ।











