राष्ट्रिय जनमोर्चा रुपन्देहीले मनायो माओ दिवस

राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा आज २०८१ पौष ११ गते कामरेड माओको १३२ अो माओ दिवस बुटबलमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख आतिथ्यता राष्ट्रिय जनमोर्चा का अध्यक्ष तथा सांसद चित्र बहादुर केसी ले गर्नु भएको थियो। बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव  मनोज भट्ट रहनु भएकाे थियाे। यसै गरी अन्य अतिथिमा जातिय समता समाजका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य  तुल बहादुर विश्वकर्मा, अखिल नेपाल बुद्धिजिवि संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाहकार बद्रे आलम, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य रहनु भएको थियो।

चित्र बहादुर केसी ले माओले चीन तथा अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु भएका योगदान बारे चर्चा गर्नु भयो त्यसै गरि विशिष्ट अतिथि  मनोज भट्ट ले लिखित रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क. माओको योगदान बारे प्रस्तुत गर्नु भयाे। साथै सबै अतिथिहरुले माओको योगदान बारे चर्चा गर्नु भयो। कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी (मसाल) रूपन्देहिका जिल्ला प्रबक्ता  लाल चन्द पन्त , स्वागत् मन्तब्य. हेमलाल न्याैपाने तथा कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टान बहादुर खत्रीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation