शंकर प्रसाद पोख्रेल ,रुपन्देही ।
तिलोत्तमा । आईसीएफसी फाइनान्स लिमिटेड, ड्राइभरटोल शाखाले दुर्गा पञ्चायंङ मन्दिर तिलोत्तमा एक प्रगतिचोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० जना स्थानीय नागरिकहरुको बढीको सहभागीता रहेको थियो।
आईसीएफसी फाइनान्स लिमिटेड ड्राइभरटोल शाखा प्रमुख सन्तोष महत्रा क्षेत्रीको अध्यक्षता सुबण ढकालको संचालनमा अघि बढेको कार्यक्रमको अतिथीहरुमा समाजसेवी एकनारायण पाण्डे र निमा न्यौपाने थिय।
वित्तीय साक्षरता, बचतको महत्व, सही वित्तीय निर्णयको आवश्यकता र बैंकिङ प्रणालीबारे ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख सन्तोष महत्रा क्षेत्रीले विश्व नेपालीलाई बताय कार्यक्रममा शाखाका कर्मचारीहरु रचना ज्ञवाली ,शुवर्ण ढकाल,सालिनी गुरुङ्ग,सरिता श्रेष्ठको उपस्थिति रहेको थियो।












