अखिल छैठौं बागलुङकाे जिल्ला भेला सम्पन्न अध्यक्षमा बिमल खरेल

अखिल छैठौं बागलुङकाे दाेश्राे जिल्ला भेला मिति २०८१ पाैष १९ गते गलकाेटकाे रिश्मीमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि अखिल छैठौं का पुर्व केन्द्रीय महासचिव तथा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेलले उदघाटन गर्नु भएको थियोे । भेलामा विशिष्ट अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सल्लाहकार टंक केसी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, अखिल छैठौंका केन्द्रीय सचिवालय सदस्य बिमल खरेल, अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष बिरेन्द्र थापा, जातीय समता समाज बागलुङका सदस्य रन बहादुर बिक, राष्ट्रिय जनमाेर्चा बडिगाडका सचिव बिमल श्रीस लगायतका अतिथीहरुले भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलाले बिमल खरेल(ढाेरपाटन)काे अध्यक्षतामा १३ सदस्यीय अखिल छैठौं जिल्ला समिति बागलुङ चयन गरेकाे छ । जसमा उपाध्यक्ष रेखा शर्मा(जैमिनी), सचिव कर्ण नेपाली(बडिगाड), सहसचिव बिन्दु थापा(बरेङ), काेषाध्यक्ष भावना दर्लामी(बडिगाड) सदस्यहरुमा विशाल रेग्मी(निसीखाेला), बिजय गाैतम(गलकाेट), दिपेश बिक(काठेखाेला), शन्देस पाैडेल(बरेङ), सुदिप केसी (जैमिनी), सल्जिन क्षेत्री(ढाेरपाटन), हिरा रुचाल(गलकाेट) १ स्थान रिक्त रहेको छ । भेला जिल्ला अध्यक्ष गणेश सापकोटाकाे अध्यक्षता, सचिव कर्ण नेपालीकाे सञ्चालन र उपाध्यक्ष रेखा शर्माकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation