
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रदेश खारेज नेपाली जनताको माग पहिलो हुन पुगेको बताउदै आफ्नो पाटी राष्ट्रिय जनमोर्चाले चैत्र २४ गते काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको बताउनुभयको छ।रुपन्देही जिल्लाका राजमोका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिंदै उक्त कुरा बताउनुभयको थियो।
केसीले संघीयता विरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न सम्पुर्ण देशभक्त प्रजातान्त्रिक र बामपंथी सक्तिहरु एकजुट हुनुपर्ने बताउदै संघीयता खारेज नगरे संघीयताले देश नै खारेज गर्ने तर्क गर्नुभयो।
तत्कालीन सरकारले जनहितमा काम गर्न नसकेको भन्दै जनताको निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो ।
यसै गरि राष्ट्रिय जनमोर्चा रुपन्देहीले काठमाडौं केन्द्रित आन्दोलन गर्न रुपन्देही जिल्लाभर दुइमहिने विभिन्न आन्दोलनको घोषणा गरेको छ। आन्दोलन जिल्लाभर मोटरसाइकल रेयाली ,पत्रकार सम्मेलन कोणसभा ,अन्त्रकृया कार्यक्रम ,गर्नेभएको छ।
रुपन्देही जिल्लामा आज भएको प्रशिक्षण कार्यक्रममा राजमो केन्द्रिय सल्लाहकार सुरेस थापा ,अखिल नेपाल बुद्धिजीवी संघका सचिबालय सदस्य दुर्गानाथ खरेल ,कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य ,नेकपा मसाल रुपन्देहीका प्रबक्ता लालचन्द पन्थ ,राष्ट्रिय जनमोर्चा प्रदेश कोसाधक्ष्य गणेश गौतम ,अखिल नेपाल ट्रेड युनियन केन्द्रिय अध्यक्ष लोकराज भुसाल ,अखिल नेपाल किसान संघका रुक बहादुर पराजुली ,अखिल नेपाल महिला संघका सरिता जिसि,जातीय समता समाजका दिल प्रसाद नेपाली ,अखिल नेपाल सिक्षक संघका सल्लाहकार कमला बन्जाडे,अखिल नेपाल उधोग ब्यपार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज सर्मा,अखिल नेपाल जनजाती सम्मेलनका केस हरि राहाडी ,सहकारी अभियानका अध्यक्ष गंगा सापकोटा ,लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चाका अध्यक्ष टान बहादुर केसीले गर्नुभएको थियो भने संचाल जिल्ला सचिब कृष्ण प्रसाद पोख्रेल र स्वागत भासण राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवालिले गर्नुभएको थियो।
चित्र बहादुर केसी ,सुरेस थापा,दुर्गानाथ खरेलले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रम आन्दोलनका कार्यक्रम प्रस्तुत चेथनाथ आचार्यले गर्नुभएको थियो।