बिहानै ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गयो

आज ६ वटा परकम्प, भूकम्पविद् लोकविजयले भने– ठूलो परकम्प आउन सक्छ

आजै ६ वटा परकम्प गएको छ, जसको केन्द्र तिब्बतको दिङ्गी क्षेत्रमा रहेको थियो। भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका अनुसार, बिहान ८:४५ सम्म ६ वटा परकम्पको धक्का महसुस गरिएको छ। ती सबै परकम्प ४ म्याग्निच्युडभन्दा माथिका छन्, जसमा ४ देखि ५.२ म्याग्निच्युडका ६ वटा परकम्प समावेश छन्।

अधिकारीका अनुसार, यीभन्दा ठूलो परकम्प आउन सक्ने सम्भावना छ, यद्यपि ७ म्याग्निच्युडभन्दा ठूलो परकम्पको सम्भावना कम रहेको उनले प्रष्ट पार गरेका छन्।

आज बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको थियो, जसको धक्का नेपालमा पनि महसुस गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation