
रुपन्देही । लायन्स क्लव अफ बुटवल यूनिटीले अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
यूनिटीले क्लवका संस्थापक अध्यक्ष कृष्ण आचार्य र डाईरेक्टर कृष्ण घिमिरेको जन्मदिनको अवसर पारेर बुटवल उपमहानगरपालिका १५ उजेलापूरस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको हो ।
बुटवल यूनिटीको आयोजनामा भएको कार्यक्रममा डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै गभर्नर प्रधानाङ्गले बेसहाराहरुको सहारा बन्ने कार्यमा क्लवले देखाएको अग्रसरतको प्रशंसा गरे । क्लवका यस्ता कार्यले समाजमा मानविय सेवामा सकरात्मक सन्देश दिएको छ’ उनले भने ‘पछिल्लो समय मानविय भावना हट्दै गैईरहेको समयमा लायन्सहरुले सामाजिक भावका कार्य गर्नु गर्वको कुरा हो ।’
कार्यक्रमको अध्यक्षता क्लबका संस्थापक अध्यक्ष कृष्ण आचार्यले गरेका थिए । कार्यक्रममा डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग,रिजन चेयर पर्सन लायन बाबुराम खनाल,रिजन चेयर पर्सन लायन बेदप्रसाद गैरे,जोन चेयर पर्सन लायन शेष नारायण बस्याल,लायन्स क्लव अफ बुटवल शान्तीदिपका अध्यक्ष तथा एक्सटेन्सन चेयर पर्सन विशाल पन्थी, लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रमका अध्यक्ष लिलाराम रोकामगर लगायतको आतिथ्यता रहेको थियो ।
क्लवका प्रथम उपाध्यक्ष निराजन गौतमको संयोजकत्व एवंम स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सचिव सुरेश बेल्वासेले गरेका थिए भने कार्यक्रमा द्धितिय उपाध्यक्ष अनिल खनाल,कोषाध्यक्ष प्रकाश तिवारी लगायतको उपस्थिती रहेको थियो ।
२०७३ सालमा स्थापना भएको लुम्बिनी अनाथ आश्रममा शारिरिक रुपमा अपाङ्ग भएका, दृष्टि विहिन,बालबालिका लगायत झण्डै २५ जना व्यक्तिहरु रहेका छन् ।