
नवलपुरको विनयी खोलाको पुल भाँसिदा पूर्व पश्चिम राजगर्मा पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको नवलपुरका ट्राफिक प्रहरी प्रमुख जनकराज बञ्जाराले बताए ।
शुक्रबार साँझ करिब ५ बजेको समयमा पुलको बिच भाग आफै भाँसिएपछि यातायात अवरुद्ध भएको प्रजिअ पोखे्रलले बताउनुभयो । पुल तत्काल मर्मत गरि संचालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको छ ।