
पाल्पा,पाल्पामा फोर्स बसको ठक्करबाट सडकमा हिँडिरहनुभएकी एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–११, सामाकोटकी ४६ वर्षीया सीता गहतराज रहनुभएको छ ।
शनिबार बेलुकी ६ बजेतिर तानसेन–तम्घास सडकखण्डको सामाकोट क्षेत्रको सडकमा हिँडिरहनुभएकी गहतराजलाई तानसेन हुँदै गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स बसले ठक्कर दिँदा गहतराज गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते हुनुभएकी गहतराजलाई उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको इरानीमहललाई प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो ।