रेडक्रस साेसाइटी बाँदिकाेट शाखाकाे अधिवेशन सम्पन्न अध्यक्षमा : थापा

 

नारायण जिसी

नेपाल रेडक्रस साेसाइटी बाँदिकाेट उपशाखाकाे पाँचौ अधिवेशन सम्पन्न अध्यक्ष मा पुन थापा निर्वाचित
नेपाल रेडक्रस सोसाइटी बाँदिकोट उपशाखाको आयोजनामा आयोजित पन्ध्रौं वार्षिक साधरण सभा तथा पाँचौ अधिवेशन विधिवत तरीकाले विविध कार्यक्रमका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
प्रमुख अतिथि झिमरुक गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद पोख्रेल, विशिष्ट अतिथि द्वय नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सदस्य खडक बहादुर के.सी. र बलभद्र मा.वि. की शिक्षक पुतला शर्मा रहनु भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति लिला चन्द ( एम. सी.)ले गर्नु भएको थियो भने प्रगति प्रतिवेदन सचिव भुपेन्द्र बहादुर एम.सी) ले प्रस्तुत भएको थियो ।
कार्यक्रमको अध्यक्षता सभापति शेर बहादुर थापा क्षेत्री र संचालन सचिव भुपेन्द्र बहादुर एम.सी.ले गर्नु भएको थियो।
उक्त अधिवेसनकाे निर्वाचन मण्डलमा संयोजक खडक बहादुर के.सी. सदस्य पुतला शर्मा र सदस्य सुमन पोख्रेल रहनु भएको थियोे ।

अधिवेशनले शेर बहादुर थापा क्षेत्रीकाे सभापतित्वमा कार्यसमिति गठन भएको छ।जसकाे उप-सभापति लिला चन्द (एम.सी.),सचिव भुपेन्द्र बहादुर एम.सी.,
सह-सचिव लाल बहादुर एम.सी.,कोषाध्यक्ष तिर्थराज पोख्रेल ,उप-कोषाध्यक्ष छमा खड्का ,सदस्य हरुमा दधिराम पोख्रेल ,लिलाधर पोख्रेल,विमला पोख्रेल ,गिता चन्द र तुल्सिराम खत्री रहनु भएको छ।
उक्त निर्विरोध नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद पोख्रेलले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation