गुल्मी फोटोग्राफर सङ्घको प्रथम जिल्ला अधिवेशन : अध्यक्षमा हरिलाल न्यौपाने

 

सुजन न्यौपाने, गुल्मी ।

गुल्मी  – गुल्मी फोटोग्राफर सङ्घको प्रथम जिल्ला अधिवेशन तथा नव समिति चयन पुस २७ गतेको दिन गुल्मिकाे सदरमुकाम तम्घासमा सम्पन्न भएको छ।

वरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेको प्रमुख अतिथ्यतामा भएको साधारण सभामा गुल्मी फोटोग्राफर संघका अध्यक्ष हरिलाल न्यौपानेले सबै फोटो स्टुडियो तथा फोटोग्राफी र भिडियोग्राफी पेशामा संलग्न पेशागत व्यक्तिहरू एकजुट भए मात्र यसको व्यावसायिक प्रगति हुने बताउनु भयो न्यौपानेले आगामी दिनमा गुल्मी फोटोग्राफर संघमा आबद्धहरूको हकहित सुरक्षा र संरक्षणका निम्ति हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

साधारण सभामा गुल्मी जिल्लामा पेशा गरेर बस्ने फोटोग्राफरहरूको बाक्लो उपस्थिति रहेको थियो। संस्थाका सदस्य सुजन न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो। भने कोषाध्यक्ष मेघराज पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो यस्तै संस्थाका सचिव राजकुमार सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका बीचमा वरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेलाई फोटोग्राफी क्षेत्रमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान गर्दै सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो। भने गुल्मी फोटोग्राफर सङको प्रथम अधिवेशनबाट नव समिति पनि चयन गरिएको थियो।

नव समिति: 
अध्यक्ष- हरिलाल न्यौपाने
उपाध्यक्ष- रेमलाल बस्याल
महासचिव -राजकुमार सुनार
कोषाध्यक्ष- मेघराज पन्थी
सह -कोषाध्यक्ष मुक्त बहादुर ढेँगा
सचिव- धनेन्द्र खत्री
प्रवक्ता -सुजन न्यौपाने
सदस्य हरु
केशव अर्याल
अर्जुन अर्याल
अशोक सोमै
प्रकाश घिमिरे
घनश्याम पराजुली
कमल लम्साल
यादव पाण्डे
देवेन्द्र पन्थी रहनुभएको छ।
यस्तै सल्लाहकारहरूमा वरिष्ठ सल्लाहकार
नन्दराम पाण्डे।
गोपाल थापा मगर
र रेमलाल थापा रहनु भएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation