भारतमा एकता मंचका कार्यकर्ताहरु मुल प्रवाहमा प्रवेशको लहर

 

खिमराज चालिसे
लुधियाना -भारत

भारतको पंजाब राज्यको लुधियानामा एकता मंचमा कार्यरत दर्जनौ कार्यक्रताहरुले सामुहिक रुपमा मूल प्रवाहमा प्रवेश गरेका छन।

नवप्रवेशीहरुलाई आज आईतबार १२ जनवरी २०२५ को सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती लुधियाना सिटि एवं फोकल प्वाइन्ट नगर समितीको संयुक्त आयोजनामा सम्पन्न कलाकार सम्मान एंव सदस्यता वितरण र नवप्रवेशीहरुलाई स्वागत समारोहमा प्रवेश गराईएको हो।

समारोहमा नवप्रवेशीहरुलाइ मूल प्रवाह केन्द्रिय सचीव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, केन्द्रिय सदस्य दिनेश खड्का केन्द्रिय सदस्य कुल बहादुर बगाले एवं केन्द्रिय सल्लाहकार राज कुमार शाहीले सम्युक्त रुपमा सदस्यता दिदै फूलमाला र टीका अबिर लगाएर स्वागत गर्नु भएको छ।

अखिल भारत नेपाली एकता मन्च परित्याग गरि मूल प्रवाहमा प्रवेश हुनेहरुमा इन्द्र सिंह नागरीको नेतृत्वमा लाल बहादुर नेपाली, लाहुरे भुल, राकेश भुल, राहुल भुल, शंकर भुल(ए), राम नेपाली, टेक बहादुर बोहरा, केशव भुजेल, मोहन भुल, सुरज परियार , कृष्ण कटुवाल, निशान धामी, कमल सागर, भरत परियार, अमृत भुल( बि), सागर भुल, हर्क भुजेल, बाजि भुल, विजय भुल, गणेश बहादुर नागरी, लक्ष्मण मल्ल लगाएत रहनु भएको छ।

कार्यक्रममा सिटि नगर समिति अन्तर्गत हेवोवाल डेयरी कम्पलेक्स एरिया समिति गठन गरिएको छ। भेलाले इनद्र सिंह नागरीको अध्यक्षतामा २१ सदस्यीय एरिया समिती गठन गरिएको छ। जस्मा उपाध्यक्ष लाल बहादुर नेपाली, सचीव गोविन्द बिसी, सह-सचीव निसान धामी, कोषाध्यक्ष राम नेपाली र सदस्यहरुमा क्रमश टेक बोहरा, कमल सागर, बाजे भुजेल, अमृत भुजेल, मोहन भुजेल, लाहुरे भुजेल, शकर भुजेल, राहुल भुल, विजय भुल, राकेश भुल,सागर भुल, हरिश भुल, बाजी भुल, केशव भुल र शिव परियार रहनु भएको छ।

नवगठित समितीको घोषणा मूल प्रवाह केन्द्रिय सदस्य दिनेश खड्काले गर्नु भएको थियोे ।

समारोहमा गत २२ डिसेम्वर २०२४ को सम्पन्न सुदुर पश्चिमोत्तर क्षेत्रीय साँस्कृतिक प्रतियोगितामा द्वितीय भएको लुधियानाको साँस्कृतिक टिमका कार्यकर्ताहरुलाइ केन्द्रिय सचीव प्रेम सापकोटा, केन्द्रिय सदस्य दिनेश खड्का कुल बहादुर बगाले, र केन्द्रिय सल्लाहकार राजकुमार शाहीले नगर समितिको तर्फबाट सम्मान पत्र दिएर कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रम गोविन्द परियारको संचालनमा तथा खुम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने उपस्थिति सबैलाई स्वागत उदय सिंह चंदले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation