
दक्षिण भारत चेन्नाई।
– जनकराज पौडेल,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नाईका चार वटा नगर समिति, पुर्व, पश्चिम , उत्तर, दक्षिणको सयुक्त १७औं नगर सम्मेलन दिनाकं ११,१२ जनवरी २०२५ का दिन सम्पन्न भएका छ।
गोपाल विकको अध्यक्षता र लोकेन्द्र पौडेलको संचालन रहेको उद्घाटन कार्यक्रममा प्रमूख अथिति वामपंथी युवा नेता आनन्द शर्मा, विशिष्ट अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अध्यक्ष ठाकूर खनाल, अथितिहरुमा समाजका केन्द्रीय महासचिव प्रेम पौडेल, कोषाअध्यक्ष मदन शर्मा, केन्द्रिय सदस्यहरु- भगवति कूवँर, केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रिय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य एवम दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय सदस्य, केशमान नेपाली, चन्द्रकान्त शर्मा, खगेश्वर सुनार, क्षेत्रिय समिति उपाअध्यक्ष दशरथ विक, सहसचिव धर्मराज शर्मा, क्षेत्रिय सदस्य मिना हमाल, क्षेत्रिय सदस्य साथै निलगिरी नगर अध्यक्ष टेक वहादुर विक, क्षेत्रिय सदस्य साथै पाण्डिचेरी नगर अध्यक्ष गोविन्द शर्मा, क्षेत्रिय सदस्यहरु हेम बहादुर गन्धर्व, धरम पहरी, चन्द्र प्रसाद शर्मा, विरे थापा, विद्यार्थी विभाग दक्षिण भारत क्षेत्रिय अध्यक्ष कस्तुरी थापा, आथित्यता रहेको थियो।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चात् सम्मेलन आयोजक समितिको तर्फ बाट बुद्धिराम पौडेलले शब्द बाट र कलाकारहरुले गित संगित द्धारा उपस्थित जनमानस लाई स्वागत गर्नु गरेका थिए।
सयुक्त १७औं नगर सम्मेलनको उद्घाटन प्रमूख अथिति आनन्द शर्माले दिप प्रज्जवल सहित तालीको गडगडाहट् विच गर्नु भएको थियो।
प्रमूख अथिति शर्माले उद्घाटन समारोहलाई सम्बोधन गर्दै, देश साम्राज्यबादीहरुको चंगुलमा पर्दै गएको, साम्राज्यबादी शक्तिकेन्द्रहरु आफ्ना नितिहरु लागू गर्न संगठित शक्ति निर्माण गर्दै आएको धारणा राख्दै साम्राज्यबादको नाङ्गो हस्तक्षेपको पछिल्लो उदारण एमसिसी संसदबाट अनुमोदन गराउन सफल भएको र अब एसपिपी कार्यान्वयनलाई दवाव दिएको बताउनु भएको छ। ईन्डोप्यासिफिक स्टाट्रजी अन्तर्गत मिलिनियम चालेन्ज कार्पोरेशन विकाशको आवरणमा नेपालमा अमेरिकी सैनिक विस्तार गर्ने रणनिति रहेको र यस्ले सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट माथीको हस्तक्षेप भन्दै अस्विकार्य छ। प्रष्ट पार्दै कडा विरोध गर्नु भएको छ। अर्को प्रसंगमा देशमा संघिय राज्य प्रणालीले देश कङ्गाल हुँदै गएको बताउदै यस्को खारेजीको कुनै विकल्प नरहेको शर्माले धारणा राख्नु भएको छ। विदेशीले बोकाएको संघियताले देशको भौगोलिक अखण्डता खण्डित हुने बताउदै देशमा अत्याधिक मत संघियता खारेजी पक्षमा रहेको र राजमो ले आयोजना गरेको आगामि चैत्र चैबीस गते देखिको काठमडौं केन्द्रित संघियता खारेजी आन्दोलनमा सबै प्रकारले सहयोग गर्न अपिल गर्नु भएको छ।
सम्मेलन सफलताको शुभकामना दिनु हुँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव प्रेम पौडेलले मूल प्रवाहको गौरवमय ईतिहास स्मरण गराउदै संगठन भित्र देखिएका गलत तत्वहरुलाई किनारा लगाउदै, सहि विचार नेतृत्व र निश्चित उदेश्यका कारण केही अराजक र अनुशासनविहिन तत्वहरुका भ्रमबाट विचलित नभई वैचारिक प्रतिबाद गर्दै अघि वढेको स्पष्ट विचार राख्नु भएको छ। त्यस्तै विशिष्ट अथिति मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठन र देशको समसामायिक राजनिति परिस्थिति बारे धारणा राख्दै संगठित शक्तिले नै तमाम प्रकारका अन्याय अत्याचार र विभेदको अन्त्य गर्न सक्ने बताउनु भएको थियो। भारतका गल्लि गल्लिमा रहेका नेपालीहरुको विच जनचेतना जगाउदै र संगठित गर्न मूल प्रवाहका कार्यकर्ता निरन्तर लाग्न प्रेरित गर्नु भएको थियो।
” घोषणा सभा”
केशमान नेपालीको अध्यक्षता कोटि प्रसाद पोख्रेलको संचालन रहेको घोषणा सभामा प्रमूख अथिति राजमो केन्द्रीय सदस्य आनन्द शर्मा, विशिष्ट अथिति मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अथितिहरु महासचिच प्रेम पौडेल,कोषाअध्यक्ष मदन शर्मा,सदस्यहरु जनकराज पौडेल, भगवति कुवँर, चन्द्र वहादुर थापा,चन्द्रकान्त शर्मा, खगेश्वर सुनार, प्रवासी नेपाली संघ भारत बाट उपसचिव कृष्ण पोख्रेल, के.स. महिला विभाग साथै क्षेत्रिय सदस्य मिना हमाल, समता विभाग साथै क्षेेस सदस्य धरमराम विक, अखिल भारत विद्यार्थी संघ कस्तुरी थापा, दक्षिण भारत क्षेत्रिय उपाअध्यक्ष दसरथ विक, सदस्य गोविन्द शर्मा,हेम बहादुर गन्घर्व, जनजाती विभाग साथै क्षेत्रिय सदस्य विरे थापा, क्षेत्रिय सदस्य चन्द्र प्रसाद शर्मा, क्षेत्रिय सह सचिव धर्मराज शर्मा, सदस्य टेक बहादुर विक,हरुको आथित्या रहेको थियो।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि सम्मेलन आयोजक समितिको तर्फ बाट सुर्य प्रसाद भुषालले उपस्थिति जनमानस लाई शब्द बाट र कलाकारहरुले गित संगित बाट स्वागत गर्नु भएको थियो।
चन्नाई – उत्तर र दक्षिण नगर समितिका नवनिर्वाचित समितिको नामावली केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो। चन्नाई उत्तर नगर समिति- गोपाल विक अध्यक्ष रहेको सत्ताईजना संख्या रहने गरि- उपाअध्यक्ष रवि अधिकारि , सचिव तेजेन्द्र पुन, सह सचिब विष्णु विक, कोषाअध्यक्ष कोटि प्रसाद पोख्रेल, सदस्य हरुमा क्रमस-काशिराम शर्मा, विष्णु सुनार, मान बहादुर केसी, धर्मराज शर्मा, तिलक सिंह,रेशम थापा, भवानी प्रसाद गोराथोकि,पदम गरि, नेत्रलाल शर्मा, भुमिश्वर शर्मा, गायत्री खड्का, मोहन योगि,बैकल्पिक सदस्य- कोपिला मणि शर्मा, धन बहादुर जिएम्,तिलक विक, एकेन्द्र नेपाली,याम प्रसाद घिमिरे, सल्लाहकार सदस्यहरु- पदम विक, गिता केसी,राम प्रसाद चौधरी,भुपाल जिएम,सीता शर्मा रहनु भएको छ।
चेन्नाई दक्षिण नगर- खगराज आचार्य अध्यक्ष रहेको सत्र पुर्णमा दुई स्थान रिक्त,उपाअध्यक्ष-जीवन शर्मा, सचिव रोम बहादुर सापकोटा,सहसचिव मिमलाल पौडेल, कोषाअध्यक्ष नविना बस्नेत पौडेल, सदस्यहरुमा मिना सापकोटा, शुन्दर परियार, मिना परियार, उमानन्द चालिसे,लोकेन्द्र पौडेल,होमनाथ शर्मा,चेतन शर्मा, सीता आचार्य,पदम विक, कृष्ण प्रसाद, वैकल्पिक सदस्य- हरि प्रसाद शर्मा,मान बहादुर थापा, विजय थापा, रेशम सुनार, एक रिक्त,
सल्लाहकार सदस्यहरु- गोपाल पौडेल, मान बहादुर थापा, मीन बहादुर थापा, विकाश शर्मा,एक रिक्त,गरि सत्ताईजना संख्या रहने गरि समिति निर्वाचित गरेको छ।
चेन्नाई पुर्व र पश्चिम नवनिर्वाचित नगर समितिको नामावली केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रिय सचिव जनकराज पौडेल ले प्रस्तुत गर्नु भएको थियो।
पश्चिम नगर समिति- बुद्धिराम अध्यक्ष रहेको उन्नाई जना पुर्णमा दुई स्थान रिक्त रहने गरि एक्तिस् जना संख्या रहेको समिति रहेको छ। जसमा- उपाअध्यक्ष प्रकाश नेपाली, सचिव किशोर शर्मा,सहसचिव गंगा थापा, कोषाअध्यक्ष केशमान नेपाली, सदस्यहरुमा..खुमन प्रसाद भण्डारी,एकदेव शर्मा, डिल बहादुर जिएम् , दुर्गा रायमाझी, चन्द्रिका पौडेल,नेत्रलाल शर्मा, गुमा शाही,शसिराम थापा, लोक कुमारी थापा,नर बहादुर थापा,रवि नेपाली,राजेश सुनार, वैकल्पिक सदस्य.. अनिता गिरी, तिलकराम शर्मा,पदम नेपाली, भवानी खत्री सुनार,भविलाल थापा, महेन्द्र बोगटी,सल्लाहकार सदस्य…रामु नेपाली सत्या पुन,हरि प्रसाद शर्मा,कोपिला राना,शालिक राम शर्मा, मोहन वुढा रहनु भएको छ।
चेन्नाई पुर्व– ओमकान्त शर्मा अध्यक्ष रहेको एक रिक्त स्थान सहित तेह्र पुर्ण- उपाअध्यक्ष विमल लामिछाने, सचिव टिकाथापा,सहसचिव बाबुराम सापकोटा, कोषाअध्यक्ष सुर्य प्रसाद भुषाल, सदस्यहरुमा …दयाराम विक,सुनिल नेपाली, बाबुराम,संझना बस्याल,ओम बहादुर विक,कर्ण बहादुर सुनार, रुकमणि, रिता भुषाल, बैकल्पिक सदस्य…सुरेश परियार,चन्द्रकला,राजेश केसी,राम बहादुर,सल्लाहकार सदस्य..कुल बहादुर,हेम सुनार, प्रथम चरोसा, कमल प्रसाद रेग्मी,रहनु भएको छ।
नवनिर्वाचित समितिलाई प्रमूख अथिति, आनन्द शर्मा, समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल र कोषाअध्यक्ष मदन शर्माले गारगर्भित धारणा सहित कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनु भएको थियो। अन्य अथिति हरुले पनि बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो। त्यहि सन्दर्भमा संगठनमा लामो समय काम गर्नु भएका चेन्नाई पश्चिम नगरका सदस्यहरु तर्क बहादुर थापा, र मतिलाल शर्मा सदाको लागि स्वदेश जाने भएको हुदाँ केन्द्रीय अध्यक्ष ठाकुर खनालले खादाँ ओडाई विधाई गर्नु भएको थियो। साथै करातेमा नेशनल लेभल विजेता अवार्ड प्राप्त गर्न सफल युक्त बहादुर बस्याल लाई खनालले खादाँ ओडाई सम्मान गर्नु भएको थियो। सम्मेलनमा कलाकार हरुले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। सम्मेलन भब्यरुपमा सम्पन्न भएको छ।