सुरत नगर खेल बिभागको आयोजनामा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न

निखील रावत गुजरात

मलप्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर खेल बिभागले  आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि केन्द्रीय समिति सदस्य गोबिंद बहादुर थापाले पिचमा ब्याट र बल हानेर गर्नुभएको थियो। उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि थापा ले मुल प्रबाह  संगठन प्रवासमा रहेका हरेक नेपाली आमा बुवा दाजु भाई दिदी बहिनी हरू को अभिभावक भयर खरो रूपमा उभिने एक मात्र संगठन भयकोले सदस्यता लियर संगठनमा जोडिन आग्रह गर्नुभयो । थापाले आगामी दिन मा ठुला ठुला प्रतियोगिता को आयोजना गर्न खेलाडि लाई सुझाव दिदै सम्पूर्ण सहभागी टिम लाई जित को शुभ कामना दिनु भयको थियो।

सुरत नगर समिति खेल विभाग संयोजक प्रकाश जनालाले  अध्यक्षता गर्नु भयको थियो। यस्तै अन्य अतिथि मा पश्चिम भारत क्षेत्रेय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सल्हाकार सदस्य धुर्व न्यैपाने पश्चिम भारत क्षेत्रेय सदस्य निखिल रावत, पुर्ण बिक सुरत महिला विभाग कि संयोजक शान्ती तिरुवा लगायत रहनु भयको थियो।

प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो किसन पार्की क्याप्टन रहेको  के टाइगर प्रथम र दिपेश परियार क्याप्टन रहेको सान्निकोट युवा क्लव दिटिय  हुन सफल भयको थियो ।यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रकाश सोनि उत्कृष्ट खेलाडी बन्नु भयको थियो प्रथम के टाइगर क्लव लाई प्रमुख अतिथि केन्द्रीय समिति सदस्य गोबिंद बहादुर थापा ले सिल्ड र मेडल को साथ अविर टिका लगायर सम्मान गर्नु भयको थियो भने दितिय सान्निकोट युवा क्लव लाई पश्चिम भारत क्षेत्रेय अध्यक्ष बेद बहादुर कार्की ले अविरल टिका सिल्ड मेडल ले सम्मान गर्नु भयको थियो उत्कृष्ट खेलाडी प्रकाश सोनि लाई धुर्व न्यैपाने र प्रकाश जनाला पुर्ण बिक ले सम्मान गर्नु भयको थियो।

प्रथम र दितिय दुबै टिम लाई जित को शुभ कामना दिदै प्रमुख अतिथि केन्द्रीय समिति सदस्य गोबिंद बहादुर थापा ले भन्नु भयो हार जित खेल को नियम भयको ले सहभागी सबै टिम लाई शुभ कामना दिनु भयको थियो।

नगर समिति सचिव भिम साउद ले संचालन गर्नु भयको उक्त कार्यक्रम मा राज पार्की ले शब्द दारा स्वागत गर्नु भयको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation