
बुटवल,माघ २ बुटवल ११
कालीकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्चुअल स्कूलमा बुधबारदेखी खेलकुद सप्ताह शुरू गरीएको छ।
खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईने छ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल,कबड्डी, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईने छ।खेल सप्ताहको उदघाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले बिधालयले खेलकुद संगसगै अन्य बिधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको बताउनुभएको थियो । सोही अबसरमा सस्थापक संचालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताउनुभयो।
निम्नमाध्यमिक तह संयोजक मेघराज पोख्रेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको सन्चालन कोर्डिनेट माया पौडेलले गर्नुभएको थियो ।