
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै कुटपिट भएको छ । उनलाई रास्वपा सभापति रवि लामिछानेका समर्थकहरूले कुटपिट गरेका हुन् ।
‘अदालतभित्रै ममाथि आक्रमण भयो,’ त्रिपाठीले शिलापत्रसँग भने । त्रिपाठीले बुधबार रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवालाका तर्फबाट बहस गरेका थिए । बहस सकेर बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो ।
लामिछानेका समर्थकहरूले यसअघि उनलाई न्यायिक हिरासतमा पठाउने आदेश भएका दिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका थिए