
पशुस्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद्को केन्द्रीय उपाध्यक्षमा लोकराज भुसालको उम्मेदवारी परेको छ ।
आगामी २०८१ माघ १८ गते हुने निर्वाचनका लागि उहाँको उम्मेदवारी परेको हो ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय अध्यक्षसमेत रहनुभएका भुसालले संस्थापक पेसागत व्यवसायी समूहको तर्फबाट आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
यसबाहेक सत्तारूढ काङ्ग्रेस र एमालेको एउटा मोर्चा र माओवादी केन्द्र र मधेसी सङ्गठनको अर्को मोर्चाले चुनावमा उम्मेदवारी दिएको छ ।
१९ सदस्यीय परिषद्को केन्द्रीय कार्यकारिणी समितिमा १२ जना पदाधिकारी तथा सदस्यका लागि अहिले चुनाव हुन थालेको छ ।
अध्यक्षसहित बाँकी सात जना भने सरकारको तर्फबाट नियुक्त गरिने कानुनी प्रावधान रहेको छ ।
कानुनअनुसार एक उपाध्यक्ष, दुई महिला सदस्य र दुई खुल्ला सदस्यका लागि १३ हजार एक सय तीन जना मतदाताले देशैभरिबाट मतदान गर्ने छन् । त्यस्तै, प्र्रत्येक प्रदेशबाट एकरएक जना सदस्यका लागि सम्बन्धित प्रदेशबाट मतदान हुने छ ।
परिषद्मा दर्ता भएका देशैभरिका पशु, मत्स्य तथा दुग्ध प्राविधिक तथा विशेषज्ञ मतदाताको रूपमा आआफ्नो प्रदेश सदरमुकामबाट मतदान गर्ने छन् ।
भुसाल परिषद्को परिकल्पनाकार
उपाध्यक्ष पदका उम्मेदवार भुसालले आफू परिषद्को परिकल्पनाकार तथा संस्थापक भएको दाबी गर्नुभयो ।
आफ्नो प्रतिक्रिया दिँदै उहाँले २०४६ सालको जनआन्दोलनदेखि नै आफूहरूले यस क्षेत्रमा पेसागत सङ्गठन बनाउन तथा ऐन ल्याउनका लागि आवाज उठाएको बताउनुभयो ।
‘हामीले २०४६ सालदेखि नै नेपाल पाराभेटनरी तथा लाइभस्टक एसोसियसनको परिकल्पना गरेका थियौँ’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा २०४७ मार्ग महिनामा पशु स्वास्थ सेवामा संलग्न मध्यमस्तरका पेशाकर्मिहरुलाई संगठित गर्दै पशुस्वास्थसेवा प्रवाहलाइ परिचालन गराउने गरि पेशाकरमिहरुको साझापेशागत संस्था नेपाल पाराभेटेरिनरि एन्ड लाइभस्टक एसोसियसन (NEVLA) को बैधानिकरुपमा दर्ता गर्ने कार्य म लगायतका अगुवा पेशाकर्मिहरुको विशेष पहलमा गरिएको थियो सोही समय देखि संस्थापकको भुमिका निर्वाह गर्दै उक्त संस्थाको विभिन्न पदिय जिम्मेवारी सहित ३ कार्यकाल केन्द्रीय अध्यक्षको भुमिकापनि कुशलतापुर्वक निर्बाह गरेको, यसै सिल सिलामा २०५५ साल देखि पेशाकर्मिहरुको पेशागत बैधानिक कानुन निर्माण गरि परिषद स्थापना गर्ने र परिषद बाट पेशाकर्मिहरुको दर्ता , नियमन र उनिहरुले प्रवाह गर्ने प्राबिधिक तथा बिज्ञसेवा बिश्वासिलो जवाफदेहि किसानमैत्रि गराउने गरि मर्यादित सेवा प्रवाहको वातावरण श्रृजना गराउन माग राखेर करिव २५ बर्ष संगर्ष गरेको र उक्त संघर्षमापनि अगुवा पङ्क्तिमा बसेर मोर्चाको नेतृत्व गरेको तथ्य दिनको घाम जस्तै छर्कङ्गै छ ।
उहाँले यस क्षेत्रका प्राविधिक तथा विशेषज्ञको हकहित र अधिकारको लागि ऐन बनाउन पनि लामो समयदेखि सङ्घर्ष गरेको बताउनुभयो ।
२०५५ सालमा यससम्बन्धी कानुन आए पनि त्यसले समग्र क्षेत्रको प्रतिनिधित्व नगरेको आफूले सङ्घर्ष गरेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘यसरी सङ्घर्ष गरेको २५ वर्षपछि यससम्बन्धी कानुन गत साल २०८० मा पारित भएको छ ।’
भुसालले सोही ऐनको आधारमा अहिले पहिलोपटक निर्वाचन हुन थालेको बताउननुभयो।