शरणार्थी प्रकरणमा बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलिया बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत पुगेका बेचनलाई छाड्न अदालतले अस्वीकार गर्दै थुनामा राख्नुको कारण माग गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालत पुगेका झा उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बेचनलाई छाड्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ । झाले पुस ४ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । सो निवेदनमाथि गत पुस ५ गते न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गरेपछि झा फेरि बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर अदालत पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।

उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation