संसद बैठक नबोलाए विशेष अधिवेशन माग गर्ने सात दलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका सात राजनीतिक दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ दलको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सदन बोलाउन माग गरेका हुन् । तत्काल संसद् बैठक नबोलाए विशेष अधिवेशन माग गर्ने उनको चेतावनी छ ।

‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं,’ प्रचण्डले भने ।

विपक्षी सात दलले सरकार स्वेच्छाचरीढंगबाट चलेको आरोप पनि लगाएका छन् । ‘सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाकारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौं,’ विपक्षी दलहरूले जारी गरेको ६ बुँदे वक्तव्यमा भनिएको छ ।

विपक्षी ७ दलीय गठबन्धनले सरकारविरुद्ध ६ बुँदे सयुक्त वक्तव्य जारी गरेका छन् । जारी वक्तव्यमा आजपाका सहअध्यक्ष तिलक थापा मगर, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation