
अखिल नेपाल युवक संघ संघीयता बिरोधि काठमाडौं केन्द्रित आन्दोलनमा होमिने भएको छ।यही माघ ३,४ र ५ गते काठमान्डौमा सम्पन्न बैठकले उक्त निणय गरेको हो। बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न युवक संघले प्रेस वक्तव्य समेत निकालेको छ हेर्नुहोस वक्तव्य जस्तातको तस्तै ।
अखिल नेपाल युवक संघ केन्द्रीय कार्यलय
प्रेस बिज्ञप्ती
हाम्रो संगठनको दोस्रो पुर्ण बैठक यही माघ ३,४ र ५ गते काठमान्डौमा सम्पन्न भएको छ ।बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्नको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।
१,बैठकमा देशको बर्तमान राजनीतिक परिस्थिति र युवाहरुको अबस्थाका बारेमा केन्द्रित रहेर ब्यापक छलफल गरी विभिन्न निर्णयहरु गरिएको छ
देशको रास्टियता झन्झन् कम्जोर बन्दै गैरेहेको छ ।२०६२ /०६३ को महान जन आन्दोलनद्रारा प्राप्त गणतन्त्र धर्मनिरपेचेता लगएत्का एतिहासिक उपलब्धि विरुद्ध प्रतिगामी खतरा बढदै गएको हुँदा त्यसका विरुद्ध संघर्श गर्नु पर्ने कुरामा बैठकले जोड दिएको छ । बढदो युवाहरुको बढदो बिदेश पलायन ,निरसा र हीनता बोध लाइ चिर्दै देश भित्रै रोजगारीको सिर्जना र देशको बिकास निर्माणको बारेमा युवाहरुलाउ परि चालन गर्न राज्यले आब्श्येक निति र कार्यक्रम तर्जुमा गर्ने कुरामा जोड दिन चाहन्छौं ।पछिल्लो समयमा रूस युक्रेन लगाएका युद्ध ग्रस्त क्षेत्रमा नेपाली युवाहरु युद्धमा प्रयोग भइरहनु गम्भीर चिन्ताको विषय हो उक्त परिस्थितिलाइ रोक्नको लागि प्रभावकारि कदम चाल्न सरकारसग माग गर्दछौं ।
२,नेपालमा संघीय प्रणाली रास्ट र जनताको आबस्तकता होइन भन्ने कुरा पछील्लो समयमा आम नागरिकहरुले महसुल गर्दै गैरहेका छन ।संघीयताको कारणले देशको अर्थ तन्त्र संकट उन्मुख तर्फ गैरहेको छ । देशमामा पुर्वाधारको निर्माण उद्धोग धन्दाको बिकास रोजगारी सिर्जना लगाएत सम्ग्र आर्थिक बिकासका लागी समेत महङ्गो संघीय प्रणाली बाधक बन्न गएको छ ।यसको परिणाम स्वरुप नेपाली युवाहरुको बिदेश पलायन हुनु पर्ने बाध्यता अरु बडेर गएको छ ।समग्रमा नेपालमा लागु गरिएको संघीयबिदेशी साम्राज्यवादी स्वार्थ द्रारा निर्देशित भएको , नेपालको रास्टिय एकता साभौसत्ता र अखण्डता विरुद्ध समेत भएको हुदा संघीय प्रणाली खारेज गर्नु आजको रास्टिय आवस्यकता बन्न गएको छ । अखिल नेपाल युवक संघले “संघीयताको विरुद्ध युवा अभियान “भन्ने मुल नाराका साथ देशभरी संघर्श कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।सोकार्यक्रम अन्तर्गत विभिन्न जिल्लाहरुमा जुलुस सभा कोणसभा अन्तर्कृया लगाएतका कार्यक्रमहरु गरिने छ । त्यसै गरि रास्टिय जनमोर्चा द्रारा घोषित चैत्र २४देखि ३० सम्म संघीयता विरुद्ध राजधानि केन्द्रित आन्दोलनप्रति एक्यवद्धता प्रकट गर्दै सो आन्दोलनलाइ प्रभाकारी रूपमा सनचालन गर्नको लागि ब्यापक रूपमा युवाहरु परिचालन गर्ने निर्णय गरिएको छ ।
बैठकले संगठनातम्क विषयहरुमा समेत कयौं महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।
।क)पदाधिकारीहरु रहने गरि सात सदस्यीय सचिवालय गठन गरेको छ ।जसमा अध्यक्ष गणेश अधिकारी उपाध्यक्ष कुलराज खनाल उपाध्यक्ष चोप बहादुर बिक महासचिव बिश्नु पुन ,सचिब ठाकुर पन्थी ,सचिब बिरेन्द्र थापा र कोषाध्यक्ष कमल पौडेल ।
ख )त्यस्तै निम्न अनुसार प्रदेश इन्चार्ज र सह इन्चार्ज पनि तोकोएको छ ।
कोशी -सिता कार्की,मधेस चोपबहादुर बिक,पृथ्वी रोका ,बागमती -बिष्णु पुन,गण्डकी बिरेन्द्र थापा ,लुम्बिनी कुलराज खनाल ,कर्णाली -कमल पौडेल ,चौहान मिदुन मगर र सुदुर पश्चिम- ठाकुर पन्थी ,निर्जन शाही रहनु भएको छ ।त्यस्तै गरि जिल्लाहरुको इन्चार्ज र जिम्मेवारी पनि तोकिएको छ ।
संगठनलाइ थप चुस्त जुरुस्त क्रियाशिल बनाउनको लागि देशका ७ ओटै प्रदेशहरुको भेला र जिल्लाहरुको भेला गर्ने निर्णय भएको छ जस अनुसार सुदुर पचिम माघ १९,,कर्णाली माघ २१,लुम्बिनी माघ १८ बाग्मती माघ१९ गण्डकी फागुन ३ मधेस प्रदेश र कोशी प्रदेशको भेला कार्यलयले तोकेका मितिमा सम्पहुने छन ।मदेश र कोसी को बेला केन्द्रिय कार्यलय ले पछी निश्चित गर्ने छ ।
त्यस्तै गरि विभिन्न बिभागहरु गठन गरिएको छ त्यसका सयोजक र सदस्यहरु पनि तोकिएको छ ।
संगठन बिभाग सयोजक बिष्णु पुन,आर्थिक बिभाग सयोजक कमल पौडेल ,प्रकाशन बिभाग सयोजक गणेश अधिकारी ,खेलकुद बिभाग भिसम इछन्त्यल सास्कृतिक बिभाग सयोजक मेस्मा पुन ,सूचना तथा प्रबिधि बिभाग सयोजक सगर सुबेदी रहेका छन।
६,”संघीयता विरुद्ध युवा अभियान “भन्ने मुल नारा सहित माघ र फाल्गुण महिना भरी सदस्यता बितरण ,पालिका ,जिल्ला र प्रदेशहरुको प्रशिक्षणात्मक भेला तथा सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ ।त्यस्तै गरि चैत्र २४ -३० सम्म चल्ने संघीयता बिरोधि आन्दोलनलाइ सफल पार्न फागुन महिनाको २५ देखि नै केही युवा साथीहरूलाइ राजधानीमा परिचालन गर्ने समेत निर्णय यस बैठकद्वारा गरिएको छ ।साथै आम नेपाली देशप्रेमी जनतालाइ आ आफ्नो ठाउ बाट सहयोग र एक्यवद्धता जनाउनुको साथै संघीयता विरुद्ध काठमान्डौ केन्द्रित आन्दोलनमा सहभागी हुनलागी हार्दिक अनुरोध गर्दछौ ।
गणेश अधिकारी
अध्यक्ष