नेरामावि हिरापाेखरीमा लघुकथा लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

प्युठान ,झिमरुक

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जुनियर तथा युवा रेडक्रस सर्कल झिमरुक गाउँपालिका ५ हिरापाेखरी प्युठानको आयोजनामा लघुकथा लेखन तथा वाचन प्रतियोगिता आज सम्पन्न भएको छ।प्रमुख अतिथि
नेपाल रेडक्रस साेसाइटी मच्छी शाखा सभापति नारायण बहादुर जि.सी.ले उद्घाटन गर्नु भएको कार्यक्रमकाे बिशेष अतिथि बिद्यालयकी प्रधानाध्यापक यशाेदा जि.सी.हुनुहुन्थ्यो ।स्वागत भाषण शिक्षक राम बहादुर जि.सी.,संचालन पितम खड्का र अध्यक्षता यु. रे .स की अध्यक्ष समिक्षा जि.सी.ले गर्नु भएको थियाे ।
प्रथम स्थान श्री सत्य मा.वि तुषाराकी छात्रा सजना थापा,द्वितीय स्थान श्री चिरायु मा.वि.चिसावाङ्गका प्रतिक जि.सी. र प्रभात मा.वि. अरुणा जि.सी. ,तृतीय स्थान सर्वाेदय मा.वि. गडेरपानी र सान्त्वना श्री नेपाल राष्ट्रिय मा.वि.हिरापाेखरी त्रिचन्द्र केसि भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation