दुर्गम अर्खादेखि काठमाडौसम्म बस सेवा संचालन गरिने

प्युठान।उत्तरी प्यूठान काे गाैमुखि गाउपालिकाकाे दुर्गम बस्ति अर्खा देखि काठमाडौं सम्म बस सेवा संचालन हुने भएकाे छ।
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्यूठानकाे आज बसेकाे कार्यसमितिको बैठकले अर्खा देखि काठमाडौ सम्म रात्रि सेवा दिने गरि २६ सिट क्षमता भएकाे एसि डिलक्स बस सेवा सुचारु गर्ने निर्णय गरेकाे प्रा लिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनु भएकाे छ।
आज बसेकाे बैठकले अर्खा काठमाडौं बस सेवा सुचारु गर्न चार ओटा बस संचालनमा ल्याउनु पर्ने निर्णय गर्दै ईच्छुक ब्यबसायिहरुका लागि दस दिने सुचना माघ आठ गते बाट लागुहुने गरि प्रकाशित गर्ने प्रा लिका प्रबन्धक कुमार श्रेष्ठले बताउनु भयाे।
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिमा रही २१ बर्षसम्म कार्यलय प्रमुखकाे जिम्मेवारी समाल्नु भएका घनश्याम घर्ती अबकास हुनुभएकाे छ भने कार्यलय साहायक प्रमुख बिकास सुवेदी कार्यलय प्रमुखमा र लेखापाल दिपेन्द्र श्रेष्ठ कार्यलय साहयक प्रमुखमा बढुवा हुनु भएकाे छ।
आज बसेकाे बैठकले अबकाश हुने घर्ती लाई उहाले पाउदै आउनु भएकाे मासिक तलब बराबर एक बर्षकाे तलब प्रमाणपत्र र दाेसल्ला ओढाएर सम्मान गर्दै प्रा लिका संरक्षक सुनिल बस्नेतले बिदाई गर्नु भएकाे छ।
आज एक कार्यक्रमका बिच कार्यलय प्रमुखमा बढुवा भएका सुवेदी र कार्यलय साहेक प्रमुखमा बढुवा भएका श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै बढुवा भएकाे संथाका पदाधिकारीहरुले सम्मान गर्नु भएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation