गुल्मिमा छोराले गरे आफ्नै बुबाको हत्या

गुल्मीको मालिका गाउँपालिका ८ कालिमाटिका २९ वर्षीय डमर बहादुर घर्तीले आफ्ना ६० वर्षीय बुबा लाल बहादुर घर्तीको हत्या गरेका छन् । गए राती बुबाको हत्या गरि आफ्नै बारिमा ढुङ्गाले पुरेको अवस्थामा शब फेला परेको वडा अध्यक्ष सुर्य बहादुर जिसीले जानकारी दिनुभयो ।
मदिरा सेवन बाट घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दह र जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली प्रस्थान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation