
रुपन्देही। रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ। नारायणबहादुर पहराई समेतको जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा रवि र रविना रिमाल समेत २२ जना प्रतिवादी छन्।
उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको थियो।
कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। .
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्।
बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।
पहिलोपटक ०८१ वैशाख ३ गते रवि र छविका साझेदार एवं सुप्रिमका सञ्चालक गितेन्द्रबाबु र राई (जिबी), सुप्रिमकै अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।
तर, रवि पोखरामै हुँदा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि बयानका लागि उहाँलाई रूपन्देही लगिएको थियो।
सहकारी संस्था बचत अपचलनसम्बन्धी छानविन गर्न बनेको सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानविन विशेष समितिले लामिछानेले सुप्रिम सहकारीको पनि रकम अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा लगेको निष्कर्ष निकालेको थियो।
जसका लागि एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ।
संसदीय समितिको प्रतिवेदन र विभिन्न तथ्यलाई आधार मान्दा सुप्रिम बुटवलबाट १४ करोड ३० लाख रुपैयाँ साँवा गोर्खा मिडिया नेटवर्कमा लगानी भएको छ। उक्त रकममध्ये २ करोड रुपैयाँ लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत गरेर चलानी भएको छ।
तर, यसको ब्याजको हिसाब गर्न र अन्य कुरा मिलाउन बाँकी रहेकाले तलमाथि हुनसक्ने देखिन्छ। सुप्रिम सहकारीको प्रतिवेदन हेर्दा २०७७ चैतमा गोर्खा मिडिया नेटवर्कको खातामा रविकै नाममा जम्मा भएको छ। उक्त खाता ग्लोबल आइएमई बैंकको हो।
रविको नाममा गएको दुई करोडमध्ये ४ लाख रुपैयाँ बैंकले सेवा शुल्कका रूपमा कटाएको छ । यो रकम जम्मा गर्ने सागर केसी र रोशनी गुरुङ हुन्। रोशनी सुप्रिमको लेखा शाखामा काम गर्थिन् भने सागर व्यवस्थापक थिए। उनीहरूले संसदीय समितिको बयानमा रविकै नाममा रकम जम्मा गरेको बताएका थिए।
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।